एक्सनमा कास्की प्रहरी: मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुन्ने
पाेखरा | चैत २३, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एव्म प्रहरी उपरीक्षक मोहनकुमार थापाले पोखरामा भोलिदेखि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसप र चालकलाई कारवाही गर्ने बताएका छन् ।
कास्की प्रहरी प्रमुख थापाले आज पोखरामा मोटरसाईकल वर्कसपमा सचेतना मूलक स्टिकर टाँस्ने अभियान शुभारम्भको गर्दै मोडिफाई मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेबापत कारवाही गरिएपनि नियन्त्रणमा नआएको बताए ।
त्यसैले सवारी जरिवाना मात्रै नभएर २५ दिन हिरासतमै राख्ने घोषणा गरे ।
‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई भएका केही मोटरसाइकललाई ट्राफिक नियम उल्लघन गरेवापत जरिवाना ग¥यौं, कास्की प्रमुख थापाले भने, ‘मोडिफाई गर्ने क्रम अझै रोकिएको छैन । अब हामी मोडिफाई गर्न संग्लन हुने सबैलाई मुलुकी अपराध संहिता २०७४ मा सार्वजनिक शान्ति भंग गर्न नहुने कसुर छ । त्यसमा कसैलाई दुःख हैरानी दिन नपाईने उल्लेख गरिएको छ । त्यही कानूनलाई प्रयोग गरेर कारवाही गर्छौ ।’
उनले पोखरामा भोलिदेखि स्विकृती विना मोेटरसाइकल मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुनामा राखेर कारवाही गर्ने बताए ।
‘पोखरामा पछिल्लो समय सवारी साधन मोडिफाई गरेर चलाउने क्रम बढ्दो रुपमा रहेको छ, केही सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही पनि ग¥र्यौ, थापाले भने, ‘‘सवारी तथा यातायात व्यवस्था ऐन विपरित मोडिफाई गर्ने क्रम नरोकिएकाले भोलिदेखि पोखरामा मोटरसाइकल मोडिफाई गर्न संग्लन हुने वर्कसप र चालक दुवैलाई २५ दिन थुनामा राखेर कारवाही गर्छौ ।’
प्रहरी उपरीक्षक एवम् कास्की प्रहरी प्रमुख थापाले कसैसँग कुनै सम्झौता नगरी कानूनको पालनामा लाग्ने बताए ।
जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयले पछिल्लो समय मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेलाई कारवाही गर्दै आएको छ । यसअघि कास्की प्रहरीले करिब ७ सय मोेडिफाई मोटरसाइकललाई कारीवाही गरिसकेको छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

